विद्यार्थीको रोजाइमा मनाङ, पर्यटन र अध्ययनको केन्द्र बन्दै
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १४:५८:५४
काठमाडौं । मनाङमा विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको आगमन बढेको छ । पछिल्ला समयमा क्याम्पसका विद्यार्थी ‘टुर प्याकेज’ बनाएर मनाङ आउने गरेका छन् । काठमाडौं, हेटौँडा, चितवन पोखरालगायतका क्याम्पसमा पढ्दै गरेका विद्यार्थी मनाङ घुम्ने कार्यक्रम बनाएर आउन थालेका हुन् ।
यहाँ आउने विद्यार्थी मनाङका गाउँका मौलिक पराम्परा, रीतिरीवाजलगायत हिमाली भेगको वस्तुस्थिति अनुसन्धान गर्ने गरेको बताउँछन् । सरकारले मौलिक पुरातात्विक वस्तुको जगेर्ना गरेमा आन्तरिक पर्यटकको वृद्धि हुने एड्भान्स कलेजका विद्यार्थी विप्लव पौडेलले बताए ।
मनाङको माथिल्लो भेगमा रहेका भ्राका, ङाओल, मनाङ र खाङ्सार महत्वपूर्ण गाउँ हुन् । यिनै गाउँको राम्रो संरक्षण गर्नसक्ने हो भने मनाङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्ने अर्की विद्यार्थी मेलिना गौतमले बताइ । विद्यार्थीहरु ऐतिहासिक, पुरातात्विक महत्वको अध्ययन गर्दै तिलिचो ताल पुगेर फर्कने गरेका शिक्षक यमप्रसाद तिमल्सेनाले बताए । मनाङ घुम्नेमात्र होइन पछिल्लो समयमा अध्ययन गर्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् । यहाँ आउने पर्यटकको आकर्षणमा हिमाल र हिमतालबाहेक यहाँका पुराना बस्ती पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार