सगरमाथा आरोही तथा महिला पत्रकार कल्पनाले गरिन उत्तरी ध्रुवबाट सफल आरोहण
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार २१:३०:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/61165394_436705523542717_396402499050799104_n_vAVGacqIgc.jpg)
काठमाडौं । सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले उत्तरी ध्रुवबाट विश्व सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनले २०७६, जेठ ९ गते (२३ मे २०१९) बिहीबार बिहान १० बजेर २० मिनेट जाँदा चीनतर्फको भूभागबाट महर्जन शिखर चुम्न सफल भएकी हुन्।
‘शिक्षाको माध्यमले बालबिबाह रोकथाम अभियान २०१९’ भन्ने नारासहित २०७५ सालको चैत्र २८ बाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण यात्रा सुरु गरेकी थिइन् ।
पर्वतारोहण व्यवस्थापन कम्पनी एक्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक रवीन्द्र महर्जनले दुवै मोहडाबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिएका छन्।
आरोही महर्जनले यसअघि २०७५ जेठ ९ गते (२० मे २०१८)का दिन नेपालतर्फको दक्षिणी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोही महर्जन दुवै मोहडाबाट सर्वोच्च शिखर सगरमाथा चुम्ने पहिलो महिला पत्रकार भएको एक्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक निर्देशक रवीन्द्र महर्जनले बताए।
आरोही महर्जनले ललितपुर महानगरपालिका स्थापना दिवसको १०० वर्ष पूरा र वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको १००औँ जन्मजयन्ति शुभ अवसर पारेर महानगरपालिकाको नाम, लोगो र डा. जोशीको तस्बिर अंकित झण्डा समेत सर्वोच्च शिखर सगरमाथामा फहराएकी छन्।
ललितपुर महानगरपालिका, बुद्ध एयर, उद्योग वाणिज्य संघ ललितपुर, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लगायतको आर्थिक सहयोगमा महर्जनले यसपटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ सुनसान
असार ९, २०८१ आइतबार
पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
असार ९, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार