कामीरिता भन्छन, सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस् ?
इन्द्र रिजाल
जेठ ११, २०७६ आइतबार २:३६:३९
काठमाडौं । “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले भने ।
यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शेर्पाले आज काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संंिक्षप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताए।
चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासामा आरोही शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकोमा आफूलाई असाध्यै खुसी र गर्वको महसुस भएको बताउँदै शारीरिक अवस्था पनि तन्दुरुस्त रहेको जानकारी दिए । यस यामको आरोहण सन्दर्भमा आरोही शेर्पाले मौसमले साथ दिएकाले नै आफूसहितका आरोहीले सफलता पाएको उल्लेख गरे । उनका धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पाले श्रीमान्को सफलताले आफूमा खुसीको सीमा नरहेको बताए ।
कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४औँ पटक सगरमाथाको सफल आरोहण सकेर आज काठमाडौँ फर्किएका हुन् । आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरिएको थियो ।
सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण
उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए । शेर्पालाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङसहितका पदाधिकारी तथा सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायतले स्वागत गरेका थिए ।
कीर्तिमानी आरोहीको स्वागतका लागि धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पालगायत परिवार आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिका उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।
सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । वसन्त ऋतुको यस याममा कामीरिताले सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण गरेका थिए । उनले आगामी वर्षमा पनि आरोहणलाई निरन्तरता दिने बताए ।
सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका थिए । त्यसअघि उनले जेठ १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३औँ पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताइसकेका छन्। शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो ।
विगत तीन दिनयता सगरमाथा आरोहणमा ट्राफिक जाम
यसअघि उनले तीन आरोहण याममा दुई÷दुई पटक सगरमाथा चढिसकेका थिए । कामीरिताले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा चढेका हुन् । कामीरितापछि हालसम्म आप्पा शेपा, ङ्मिानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले दिएको जानकारीअनुसार यस याममा जारी हिमाल आरोहणको क्रममा आजसम्म करीब ६०० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि भइनसकेको विभागले जनाएको छ । विगत तीन दिनयता सगरमाथा आरोहणमा ट्राफिक जाम नै भएका खबर आएका छन् ।
खासगरी बिहीबार र शुक्रबार चुचुरोमा बढी आरोहीको भीड लागेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । सम्पर्क अधिकृत श्रेष्ठले सगरमाथाको आरोहण यही १३ गते सोमबार अर्थात् मे २७ सम्म सकिनेछ । अन्तिम आरोहण १३ गते हुनेछ । जसमा २० देखि २५ आरोही चुचुरो चुम्ने तर्खरमा छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । यस्तै, सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।
सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार