हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार २०:२२:२७
एजेन्सी । मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए । एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो ।
आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर ९६६’ ग्यालेन’ पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् ।
अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ । “दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,” एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भने ।
वर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
कर्णाली याक्सले चितवनलाई दियो १७६ रनको लक्ष्य
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार