अमेरिकी राजदूतसँग गफगाफ कार्यक्रम सुरु, कारण यस्तो छ
इन्द्र रिजाल
जेठ १३, २०७६ सोमबार २१:५७:४३
एजेन्सी । सरकारको सहमतिका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् ।
कार्यक्रमको पहिलो अंकमा अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन् ।
दूताबासले सार्वजनिक गरेको भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भनेर प्रश्न गरेकी छन् । जवाफमा अमेरिकी राजदूत बेरीले यसबारे जानकारी दूताबासका शिक्षासम्बन्धी सल्लाहकारलाई सुझाव दिएका छन् ।
कार्यक्रम हेर्दा राजदूतले सिधै अन्तर्क्रिया गर्ने नभई प्रश्न लिएर आउने र राजदूतले जवाफ दिने देखिन्छ । अमेरिकी दूताबासले केही समय अघि ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गर्ने बताए पनि यसको स्वरुपबारे केही बताएको थिएन ।
तर, राजदूतले जनतालाई भेटेर अन्तरक्रिया गर्न कूटनीतिक मर्यादा विपरीत हुने भन्दै चौतर्फी आलोचना भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
कर्णाली याक्सले चितवनलाई दियो १७६ रनको लक्ष्य
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार