भ्रममा नपरी नियमित काममा सक्रिय हुन गृहको अनुरोध
इन्द्र रिजाल
जेठ १३, २०७६ मंगलबार ५:३०:४३
काठमाडौं । गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।
आज साँझ गृह मन्त्रालयका प्रवक्ता ‘सहसचिव’ रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेका छन् ।
निर्दोष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलगायतका घटना अमानवीय भन्दै मन्त्रालयले त्यसको भत्र्सनासमेत गरेको छ ।
कानून र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
अहिलेसम्म विस्फोटको योजनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको र नेपाल बन्दका नाममा केही शङ्कास्पद घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको विज्ञप्तिमा भनिएको छ ।
आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका थिए । उनीहरु सोही समूहका कार्यकर्ताहरु नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि मन्त्रालयले जनाएको छ ।
विभिन्न स्थानमा विप्लव समूहले राखेको विस्फोटनको तयारीलाई सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
'पूर्ण बहादुरको सारङ्गी'को असर, फिल्म 'केटी हराएको सूचना' को रिलिज स्थगन
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने एमालेको निर्णय
कात्तिक २४, २०८१ शनिबार