तीन खर्ब ३३ अर्ब बेरुजु, चालू खाता र भुक्तानी सन्तुलन घाटामा
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १२:४८:५८
काठमाडौं । विभिन्न मन्त्रालय र सरकारी निकायले समयमै बेरुजु फछ््र्योट नगर्दा बेरुजुको रकममा अधिक वृद्धि भइरहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु रकम रु तीन खर्ब ७७ अर्ब ४८ करोड फछ्र्योट हुन बाँकी रहेको सरकारले बताएको छ ।
सङ्घीय संसद्को प्रतिनिधिसभामा आज प्रस्तुत भएको आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति र संस्थान समेतबाट उक्त रकम फछ्र्यौट हुन बाँकी छ ।
छब्बीस सार्वजनिक संस्थान नाफामा
सञ्चालनमा रहेका ३७ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा रहेका छन् । नाफामा सञ्चालन भएका ती संस्थानहरूबाट अघिल्लो आबमा रु नौ अर्ब ८९ करोड लाभांश प्राप्त भएको थियो भने रु ९४ अर्ब सात करोड राजश्व सङ्कलन भएको थियो ।
उपभोक्ता मुद्रास्फीति
चालू आवको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । त्यसैगरी मुलुकको वित्तीय संरचना क्रमशः विस्तार हुँदै गएको छ । चालू आवको चैतसम्ममा वित्तीय क्षेत्रमा पहुँच अभिवृद्धि भएको छ भने वित्तीय कारोवारमा पनि उल्लेख्य विस्तार भएको छ ।
गत वर्षको चैत मसान्तसम्ममा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, तथा ९१ लघुवित्त वित्तीय संस्था गरी १७५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।
त्यसैगरी एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा आएको छ भने ४० बीमा कम्पनी, ३४ हजार ७३७ (बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या १३ हजार ९१७, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र हुलाक बचत बैंक सञ्चालनमा छन् ।
चालीस बीमकमध्ये १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालन भइरहेका छन् । ती बीमा कम्पनीको कूल वित्तीय स्रोत तथा उपयोग रु तीन खर्ब १३ अर्ब ८९ करोड पुगेको छ ।
साथै ती कम्पनीको बीमा शुल्क आम्दानी पनि बढ्दै गएको आर्थिक सर्वेक्षण उल्लेख छ । अघिल्लो आवमा १८ प्रतिशत जनसङ्ख्यामा सीमित रहेको बीमाको पहुँच चालू आवको अन्त्यसम्ममा २० प्रतिशत जनतामा पु¥याउने सरकारी लक्ष्य छ ।
व्यापार घाटा उच्च
लामो समयदेखि नेपालमा वस्तु तथा सेवाको निर्यातभन्दा आयात उच्च हुँदै गएकाले व्यापार घाटा बढिरहेको छ । सरकारले आयात प्रतिस्थापन र निर्यात अभिवृद्धिलाई प्रोत्साहन गरे पनि आयातमा कमी र निर्यातमा सुधार हुन सकेको छैन ।
चालू आवको प्रथम आठ महीनामा वैदेशिक व्यापार २३.२ प्रतिशतले बढेर रु १० खर्ब १० अर्ब ३३ करोड पुगेको छ भने रु ६१ अर्ब ६२ करोड बराबरको वस्तु निर्यात भएको छ । वस्तु आयात २३.८ प्रतिशतले बढेर रु नौ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ भने व्यापार घाटा २४.५ प्रतिशतले बढेर रु आठ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । भुक्तानी सन्तुलन रु ५८ अर्ब ९९ करोडले घाटामा छ ।
त्यसैगरी आयातमा उच्च वृद्धि भएका कारण चालू खाता र तथा शोधनान्तर घाटामा वृद्धि भएको छ । चालू खाता एक खर्ब ९१ अर्ब १२ करोडले घाटामा रहेको छ । विप्रेषण आप्रवाह भने २३.४ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८२ अर्ब १९ करोड रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा विदेशबाट रु चार खर्ब ७१ अर्ब ८५ करोड प्राप्त भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार