जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ : डा कोइराला
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १६:५३:५२
विराटनगर । विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ ।
औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । दिनप्रतिदिन बजारको क्षेत्र बढ्दै जानु, जनसङ्ख्या बढ्नु तर सेवासुविधा नबढ्नुका पछाडि लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन हुनु र सोचको अभाव रहनु नै हो ।
यही मर्मलाई आत्मसात गर्दै महानगरपालिकाले बजारको मध्यभागमा आफ्नै स्वामित्वमा रहेको एक कठ्ठा १६ धुर जग्गामा स्मार्ट उद्यान बनाउने निर्णय गरेको छ ।
हरियाली, स्तनपान कक्ष, महिला र पुरुषका लागि अलगअलग शौचालय र पानीको फोहरासहितको सो उद्यान अगामी एक वर्षभित्रमा निर्माणकार्य सम्पन्न हुने इञ्जिनीयर गोपाल पोखरेलले जानकारी दिए। उद्यानका लागि प्रदेशसभा सदस्य केदार कार्कीले संसद् कोषबाट रु ४८ लाख र महानगरपालिकाले रु ७० लाख रकम व्यहोर्ने भएको छ ।
सो उद्यानको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जनताका चाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने सुझाव दिए। उनले विगतबाट पाठ सिकेर अब विकास गर्नुको विकल्प नरहेको जनप्रतिनिधिले मनन गर्नुपर्ने भन्दै यस नगरको १९ वटै वडामा यस्ता किसिमको विकास निर्माण हुनुपर्नेमा जोड दिए।
प्रदेशसभा सदस्य कार्कीले नगरलाई हराभरा, सफासुग्घर राख्न जनप्रतिनिधि मात्रले गर्नुपर्छ भन्ने मानसिकता त्याग्न नगरवासीलाई आह्वान गर्दै विकास निर्माणमा सबैले एउटै धारणा बनाउनुपर्छ भने। महानगरपालिकाका प्रमुख भीम पराजुलीले आम जनतालाई सेवासुविधा प्रदान गर्न र नगरको सुन्दरता बढाउन पनि उद्यानको निकै महत्व छ भने । उपप्रमुख इन्दिरा कार्की र इञ्जिनीयर अर्जुन थापाले उद्यानले नगरको शोभा बढाउनुका साथै स्वच्छ वतावरणका लागि पनि मद्दत गर्ने विचार व्यक्त गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार