मोबाइल बैँकिङ : सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १७:५४:८
काठमाडौं । के तपाईलाई थाहा छ ? मोवाइल बैंकिङमा कारोबार गर्दा के कस्तो हुन्छ भनेर, बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ ।
पछिल्लो समय मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ ।
मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् ।
मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु
- एकाउन्ट र कारोबारका बारेमा जानकारी
- आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
- रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
- आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
- विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने
मोबाइल बैँकिङका फाइदा तथा बेफाइदाहरु
आफ्नो मोबाइल अथवा ट्याबलेटबाट नै सम्पूर्ण बैँकिङ कारोबार हुने भएकाले यसले समयको बचत गराउँछ । चौबिसै घण्टा उपलब्ध हुने यो सेवाका कारण मानिसले जुनसुकै समयमा पनि बैँकिङ कारोबार गर्न सकेका छन् । मोबाइल बैँकिङको प्रयोगबाट बिल तिर्ने, एक व्यक्तिको एकाउन्टबाट अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु लिन सकिन्छ ।
मोबाइलबाट नै आफ्नो एकाउन्ट चेक गरिरहन मिल्ने हुँदा सर्वसाधारणलाई निकै सहज भइरहेको छ । मोबाइल बैँकिङका कारण उपभोक्ताहरुको बैँक जानुपर्ने आवश्यकतामा विस्तारै कम हुँदै गएको छ । मोबाइल बैँकिङबाट चेक अथवा पैसाको प्रत्यक्ष कारोबार गर्न नमिल्ने हुँदा उपभोक्ताले बैँकको शाखा अथवा एटीम नै जानुपर्ने वाध्यता भने अझै पनि रहेको छ ।
यसरी विकास भयो मोबाइल बैँकिङको अवधारणा
मोबाइल बैँकिङको पहिलो चरणको रुपमा एसएमएस बैँकिङलाई लिने गरिन्छ । सन् १९९९ मा स्मार्ट फोनको प्रचलन आएसँगै मोबाइल वेभको अवधारणा सुरु भयो । युरोपियन बैँकहरुको मोबाइल वेभको प्रयोगको सुरुवात गरेका थिए ।
प्रविधिको विकाससँगै एनरोइड सिस्टमको विकास तथा विस्तारले विभिन्न एनरोइड एपहरु जन्मायो र मोबाइल बैँकिङको अवधारणालाई विकास एवम् विस्तार गर्न मद्धत गर्यो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार