समृद्ध नेपाल निर्माणमा खेलकूदको महत्वपूर्ण भूमिका : अध्यक्ष प्रचण्ड
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार २०:४७:४३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताएका हुन् ।
“देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ”, उनले भने। पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गरे ।
युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष दाहालले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पारे।
सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताए। सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उनको भनाइ थियो ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उनको भनाइ थियो ।
सङ्घीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्यौलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए। “देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ”, उनले भने ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । काठमाडौं खेलकूद विकास समितिका अध्यक्ष धुव्र न्यौपानेले खेलकूद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।
नेपाल वादोरियो कराते सङ्घका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराते सङ्घले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। ४९ जिल्लामा आफ्नो सङ्घ स्थापना गरेर खेलाडी उत्पादन गर्दै आएको उनको भनाइ छ ।
विसं २०६२ मा स्थापना भएको सङ्घले मुलुकको कराते क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार