मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघ आन्दोलनमा
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार १:२:३६
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दे आएको नेपाल पत्रकार महासंघले बिभिन्न दलका नेताहरुसंग छलफल गरेको छ ।
मंगलबार काठमाडौंमा भएको छलफलका क्रममा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले मिडिया काउन्सिल विधेयक संशोधन गरेरमात्र पारित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनीहरुले प्रेस जगतलाई नियन्त्रण गर्नेगरि बिधयेक अघि बढ्न नहुनेमा पनि जोड र्दि । कार्यक्रममा नेकपाका नेता
दिनानाथ शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभा सचिवालयमा दर्ता भएको जानकारी गराउँदै यसबारे पत्रकार महासंघलगायत सरोकारवालापक्षसँग छलफल गरेरमात्र अघि बढाइने स्पष्ट पारे ।
राष्ट्रियसभाले लोकतन्त्रको मूल्य, मान्यताविपरीत कुनैपनि कानुन स्वीकार नगर्ने उनको भनाई छ । त्यस्तै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले सन्चारमाध्यमलाई नियन्त्रण र संकुचन गर्ने काम कुनै हालतमा स्वीकार्य नहुने बताए । कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुको विकल्प नरहेको बताए ।
मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा दोस्रो चरणको आन्दोलनमा रहेको महासंघले पछिल्लो समय निरन्तर छलफल चलाउदै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार