सरकारले सुकुम्बासीका लागि नीति बनाइसकेको छ : मन्त्री अर्याल
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार १४:५२:३९
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले सुकुम्वासीका लागि योजना बनाइसकेको बताएकी छिन् ।
नापी विभागको ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले सहकारी र भूमि विभागमार्फत गरिबी घटाएर शूून्य बनाउने सरकारले योजना बनाएको जानकारी गराइन् ।
“अहिले हाम्रो लागि भूमि व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ”, उनले भनिन । उनले जनताको चाहनाअनुरुप सरकारले विभिन्न क्षेत्रमा पारदर्शिता कायम गर्दै लैजाने लक्ष्य बनाएको बताइन । “अहिले हामी निकै चुनौतीपूर्ण अवस्थामा छौँ”, उनले भनिन, “सिद्धान्त बनाउनु सरकारको काम हो, त्यसलाई कर्मचारीले कार्यान्वयनमा ल्याउनुपर्छ ।”
सो अवसरमा राष्ट्रिय योजना आयोगका सचिव डा दिलबहादुर गुरुङले भर्खरै सम्पन्न सगरमाथाको उचाइ मापनले विभागको उचाइ बढेको बताइन । “नेपाल गरिब देश भए पनि आफैँले उचाइ मापन गर्न सक्नु गौरवान्वित विषय हो”, उनले भनिन।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कुनै पनि संस्थाले संस्थागत रुपमा काम गरे उपलब्धि हासिल गर्न सक्ने बताइन् । जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारीले छोटो समयमा नै विश्वका अन्य देशसँग नेपालले प्रतिस्पर्धा गरेको उल्लेख गरे ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले सगरमाथाको उचाइ मापन गर्नुपूर्व विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको बताए । सो अवसरमा सगरमाथा मापन टोलीका प्रमुख खिमलाल गौतमलगायत सात व्यक्तिलाई सम्मान गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार