महिला हिंसा न्युनीकरणमा प्रगति भएन : थममाया थापा
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार २१:२३:३१
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्युनीकरण देखिने गरी प्रगति नभएको बताएकी छिन् ।
राष्ट्रिय महिला अधिकार दिवसमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले संविधानले महिला अधिकार ग्यारेन्टी गरे पनि विभिन्न प्रकारका हिंसाबाट भने मुक्त हुन नसकेको बताइन् ।
बोक्सीको आरोपमा, दाइजो नल्याएको भनेर गरिने हिंसा र विभेदसंगै बलात्कारका घटनाहरु महसुस हुने गरी न्युनीकरण हुन सकिरहेको छैन । यसलाई अन्त्य गर्न तीन वटै सरकार ‘संघीय, प्रदेश र स्थानीय’ को समन्वयमा लैङ्गिक विभेद अन्त्यको अभियानको रुपमा बर्ष २०७६ लाई मनाउने निर्णय गरिएको उनले बताइन् ।
मन्त्री थापाका अनुसार हरेक बर्ष नेपालले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउने छ । यसबर्षको नारा ‘लैङ्गिक विभेदको अन्त्य स् समृद्ध नेपालको गन्तव्य’ तय गरिएको छ ।
तत्कालीन सांसद विद्यादेवी भण्डारीले आमाको नामबाट पनि नागरिकता, समानुपातिक सहभागिता, महिला हिंसाको अन्त्य लगायतका विषयलाई समेटेर पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय हालको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो ।
‘हरेक बर्ष एउटा विषयमा केन्द्रित भएर दिवस मनाउने र बर्षभरि नै विभिन्न कार्यक्रम गरिने मन्त्री थापाले बताइन् । महसुस हुने गरी महिला हिंसा न्युनीकरण नहुँदासम्म दिवसले निरन्तरता पाउने पनि उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय महिला दिवससमेत नेपालले मनाउँदै आएको छ । त्यो भन्दा राष्ट्रिय महिला दिवस के फरक छ रु भन्ने पत्रकारको जिज्ञासामा मन्त्री थापाले नेपालले महिला अधिकारका क्षेत्रमा प्राप्त गरेको उपलब्धीलाई अन्तर्राष्ट्रियकरण गर्न र आन्तरिक रुपमा पनि लैङ्गिक विभेदको अन्त्य गर्नका लागि सबैलाई जागरुक गराउन नेपालले आफ्नै दिवस मनाउन लागेको बताइन् ।
दिवसका अवसरमा मन्त्रालयले बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा स्थानीय तहका महिला प्रमुख र उपप्रमुख, महिला अध्यक्ष उपाध्यक्ष, जिल्ला समन्य समितिका महिला प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार