स्थानीय पूर्वाधार विकास साझेदारीका लागि प्रत्येक सांसदलाई ६ करोड
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार २३:५९:३
काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ ।
बुधबार संघीय संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुराएको बताएका छन् ।
गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ । खतिवडाले पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने बताए ।
यस्तै सडक मर्मतको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ थप कर लगाइने उहाले बताउनुभयो । यस्तै द्रुतमार्गलाई १५ अर्ब १ करोड, कान्तिपथको लागि ६१ करोड, गल्छी त्रिशुली मैलुङ सडकका लागि १ अर्ब ५८ करोड, बीपी राजमार्गका लागि ९६ करोड, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि रेल, सडक, पुल तथा पूर्वाधार क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ ।
हाल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो विमानस्थलका लागि मात्रै सरकारले तीन अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै सरकारले खेलकुद मैदान निर्माणमा विशेष जोड दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार