टीकापुर खानेपानी : सचिवमा कांग्रेसका नरेशकुमार खत्री विजयी
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १८:५१:१८
टीकापुर । टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थामा सचिव बाहेक सबै पदमा नेकपा नेतृत्वको प्यानल विजयी भएको छ।
सचिवमा कांग्रेसका नरेशकुमार खत्री मात्रै एक्लो उम्मेदवार विजयी भएका छन्। उनले नेकपाका सुरतबहादुर कुँवरलाई ७१ मतले पछि पारेका हुन्। खत्रीले ३५९ र कुँवरले २८८ मत पाएका छन्।
अध्यक्षमा नेकपाका भैरवसिँह रावलले कांग्रेसका नवराज रावललाई २१ मतले पछि पार्दै विजयी भए। भैरवले ३३५ र नवराजले ३१४ मत प्राप्त गरेका छन्।
वर्तमान कार्य समितिमा नवराज अध्यक्ष र भैरवसिँह सचिव थिए। त्यस्तै उपाध्यक्षमा गोपीराम जैशीले ३२४ मत र कोषाध्यक्षमा विश्राम थारुले २८६ मत प्राप्त विजय भएका छन्।
पाँच जना सदस्यमा सरिता रावल थापा ९३०५०, बलबहादुर कामी ९२९, किर्तिबहादुर रोकाया ९२९१, सृजना शर्मा पण्डित ९२०० र कृष्णीदेवी चौधरी ९२७३० मत प्राप्त गरी विजयी भएका छन्।
संस्थाको नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए। आगामी तीनवर्षे कार्यकालका लागि जेठ १६ गते भएको निर्वाचनमा ७८४ मतदाताले निर्वाचनमा भाग लिएका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार