भारतको गृह मन्त्रीको जिम्मेबारी अमित शाहलाई
इन्द्र रिजाल
जेठ १८, २०७६ आइतबार ४:१५:११
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिएका छन् ।
सत्तारुढ दल भारतीय जनता पार्टी ‘भाजपा’का अध्यक्षसमेत भएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेबारी दिएको अधिकारीले बताएका छन् ।
गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रुपमा रहेका छन् ।
उनले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेबारी पाएका हुन्। प्रधानमन्त्रीका रुपमा मोदीको पहिलो कार्यकालमा सिंह गृह मन्त्री रहेका छन् ।
नयाँ गृह मन्त्रीको जिम्मेबारी पाउनु भएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रुपमा चिनीन्छ । यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउदा उनी उत्तर प्रदेशको पार्टी प्रमुख थिए । त्यति बेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो ।
अहिले भने उनी केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता थिए । देशभरी अहिले भाजपाले ३०३ सिट जित्नुमा उनको ठूलो भूमिका रहेको मानिन्छ ।
भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो । नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरुले गत बिहीबार सपथ ग्रहण गरेका थिए । सपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार