नेकपा सांसदले भने, ‘चार पटक भयो सभामुख महोदय म यहाँबाट लडेको’
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १९:१५:४२
काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचिएको कुर्सी हटाउने व्यवस्था गर्न संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएका कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन्।
बैठक कक्षमा भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै उनले भने, ‘४ पटक भयो सभामुख महोदय म यहाँबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। तर, यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई ?आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्। यो त धराप भयो। त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाऊँ भन्नुपर्ने अवस्था आयो।’
उनको ध्यानाकर्षणसँगै संसद बैठक कक्षमा हाँसो छाएको थियो भने सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे ध्यानाकर्षण भएको जनाएका थिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार