मिलनचोकमा खुल्यो गरिमा विकास बैंक
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार ०:२६:५६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ जेष्ठ १९ गते आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ स्थित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्तरुपमा गरेका थिए ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भैरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को तेश्रो त्रैमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको बैंकका मुख्य प्रबन्धक संजुप्रसाद जैसवालले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार