प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार १:३९:४२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि असार १ गतेसम्म तीन देशको भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो भ्रमण स्वीटजरल्याण्डको जेनेभामा हुने जानकारी दिए । जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सव दिवस कार्यक्रमलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए ।
त्यसपछि जेठ २७, २८ र २९ गते प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले असार १४ गते मन्त्रालयले विदेश नीतिबारे सुझाव संकलन गर्न कार्यक्रम आयोजना गर्न लागेको जानकारी पनि दिए ।
उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताए । त्यस्तै उहाले नेपाल अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजानै भन्दै दुईमलुकबीच कुनै असमझदारी नरहेको जिकिर गरे ।
यस्तै परराष्ट्र मन्त्रालयले केही समय अघि सुरु गरेको ब्रेनगेन कार्यक्रममा विदेशमा बस्ने ५ सय जना नेपालीहरुले नाम दर्ता गराएको र त्यसमा ५ हजारको नाम दर्ता हुने अनुमान रहेको जानकारी गराएको छ । उनले हालै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट भएका केहि मुलुकको भ्रमण फलदायी रहेको जानकारी पनि दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार