नेपाली जनताले अब हिंसा थाम्न नसक्दैन : वरिष्ठ नेता पौडेल
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार ५:६:२४
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा दुई तिहाईको सरकार भए पनि जनताको आकांक्षा बमोजिमको परिवर्तन नभएको जिकिर गरेका छन् ।
मानव अधिकार तथा शान्ति समाजको २४औँ वर्ष गाँठका अवसरमा आज आयोजित अन्तरक्रियामा उनले गरीब तथा निमुखा दुःखी जनताले चाहेको आर्थिक समृद्धितिर सरकारको ध्यान नगएको बताए ।
उनले जनताले दिएको मतको दुरुपयोग गर्दै वर्तमान सरकारले प्रेसलाई तर्साउने काम गरेको, मानव अधिकारमाथि अङ्कुश लगाएको तथा प्रजातन्त्रको मर्ममाथि कुल्चिएको आरोप लगाए । उनले नेपाली जनताले अब हिंसा थाम्न नसक्ने भएकाले सबैले हिंसाको बाटो परित्याग गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी ‘माले’ का महासचिव सीपी मैनालीले बहुधार्मिक मुलुकमा हिन्दूधर्म लाद्न खोजे उत्पीडित जनजाति तथा धर्मावलम्बीलाई अधिकार सम्पन्न गर्ने उद्देश्य विपरीत हुने बताए । प्रतिनिधिसभा, राज्य तथा सुशासन व्यवस्था समितिका सभापति शशि श्रेष्ठले राज्यमा केही व्यक्तिको हाली मुहाली भए भोलिका दिन अँध्यारो हुने भएकाले सर्वसाधारण जनताले सचेत हुनुपर्नेमा जोड दिए।
वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता भीमार्जुन आचार्य, शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागार्इं लगायतले नेपालमा हालसम्म जारी भएका सात वटा संविधानमा वर्तमान संविधान तुलानात्मक रुपमा प्रगतिशील भएकाले यो संविधान असहमतिबीचको सहमतिको दस्तावेज भए पनि पूर्ण भने नभएको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार