वन निगम बनाउने प्रक्रिया अन्तिम चरणमा
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १३:२६:३
काठमाडौं । वन तथा वातावरण मन्त्रालय मातहतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
दुवै संस्थालाई मन्त्रिपरिषद्ले गत वर्ष साउन १८ गते एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाभ्ने प्रक्रिया अघि बढेको हो । सो निर्णयलगत्तै मन्त्रालयले एकीकरण प्रक्रियाका सम्बन्धमा आवश्यक अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले दुवै संस्थासँग आवश्यक छलफल तथा अध्ययन गरी तयार गरेको प्रतिवेदनका आधारमा अर्थ मन्त्रालय स्वीकृतीसमेत दिइसकेको छ ।
वन निगम बनाउने कार्यको फइल सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा पुगेको र मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए । निगममा सम्बन्धित मन्त्रालय र विभाग सदस्य रहनेछन् ।
हाल टिम्बर कर्पाेरेशनमा करीब ९० स्थायी र ७५ ज्यालादारी कर्मचारी छन् । वन पैदावारमा ८८ स्थायी, १९ करार र १७८ वन रक्षक (दैनिक ज्यालादारी) कार्यरत छन् ।
वन निगममा दुवै संस्थाका स्थायी कर्मचारी स्वतः पदस्थापन हुने र अस्थायी कर्मचारीलाई पनि तत्काल यथावत् राख्ने उनले बताए । निगमको नेतृत्वमा खुल्ला प्रतिस्पर्धाका आधारमा चयन हुने प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था छ ।
नयाँ बन्ने संस्थालाई काठ सङ्कलनसँगै बिरुवा उत्पादन, वृक्षरोपण, काठको रासायनिक उपचारमा आधारित उद्योग सञ्चालन गर्नेलगायतका जिम्मेवारी थप गरिएको छ । वन पैदावार विकास समितिअन्तर्गत झापाको रतुवामाई वृक्षरोपण आयोजना र सर्लाहीको सागरनाथ वन विकास परियोजना निगमअन्तर्गत महाशाखाका रूपमा रहने जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार