नेकपाको सचिवालय बैठक स्थगित, दुई अध्यक्षबीच गृहकार्यको खाँचो !
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १४:५१:३९
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपा भित्र केही दिनयता शीर्ष दुई नेता ओली र प्रचण्डबीच नै एकमत नरहेको देखिएको थियो । टेलिभिजन अन्तर्वार्ताको क्रममा प्रचण्डले प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको बताएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी एकता खलबल्याउने प्रयास भनेका थिए ।
त्यसपछि समस्या समाधानको प्रयासमा आइतबार बिहान बालुवाटारमा ओली र प्रचण्डसहित अर्का नेता माधवकुमार नेपालबिच वार्ता भएको थियो । सोही वार्तापछि सोमबारका लागि सचिवालयको बैठक डाकिएको थियो ।
तर अझै दुई अध्यक्षले आफूहरुबीचमै गृहकार्यको खाँचो रहेको बताएपछि बैठक तत्कालका लागि पर सरेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार