स्वास्थ्य संस्थामा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १५:३२:१६
गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ ।
१५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् ।
अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने वाध्यतामा छन् । अन्नपूर्णमा विगत तीन महीना अघिदेखि सरकारले निःशुल्क उपलब्ध गराउने ३५ प्रकारका औषधिको समेत अभाव भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार,वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बताएका छन् ।
शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काएका थिए। घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्यचौकीमा पुगेका स्थानीय टेकबहादुर पुर्जालाई जीवनजलसहित आवश्यक औषधिको अभावका कारण छिमेकी वडामा पुगेर ल्याउन स्वास्थ्यकर्मीले सुझाव दिएका थिए ।
गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने शिखवासीको गुनासो छ । “गर्मीको समयमा जीवनजलको माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्”, सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ ।
सरकारले सर्वसाधारणको हितलाई ध्यानमा राखि मुलुकका सबै सरकारी संस्थामा निःशुल्क औषधिको व्यवस्था गरेको भए पनि गाउँपालिकाको लापरवाहीका कारण अन्नपूर्णमा सहजै औषधिको व्यवस्था हुन सकेको छैन ।
मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई समेत आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनले बताए ।
गाउँपालिकाले खरीद गरेको औषधि गाउँपालिकामा आउन ढिलाई गरेकाले गाउँमा औषधिको अभाव भएको गाउँपालिकाका अध्यक्ष क्या डमबहादुर पुनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार
बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन
मंसिर ६, २०८१ बिहिबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार