विप्लव समुहद्धारा प्रहरी चौकी आक्रमणको प्रयास, उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १९:१९:२५
सोलुखुम्बु । जनयुद्ध शैलीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी चौकी आक्रमण गरेको छ। नेकपाका कार्यकर्ताले सोलुखुम्बुको प्रहरी चौकी आइतबार मध्यराति कब्जाका लागि आक्रमण गरेका हुन्।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए।
मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो। तर प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो।
जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको छ। स्रोतका अनुसार प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले भने घटना सामान्य भएको दाबी गरे। उनले केही नभएको र सेना तथा प्रहरीको टोली पनि नआएको बताए। उनले विप्लव समूहका गतिविधि भने बढेको बताए।
जिप्रका सोलुले भने आक्रमणको प्रयास भएकाले थप मद्दत्त लिएर डीएसपी शर्माको टोली घटनास्थल पुगेको जनाएको छ।
प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए। प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर सो आक्रमणको प्रयास भएको हो। घटनास्थल सल्लेरीदेखि करिब ७५ किलोमिटर टाढा छ।
उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार
राजधानीमा बम विस्फोट हुँदा ४ कार्यकर्ताको मृत्यु भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार भएका छन्। नेपाल प्रहरीले लामाको खोजी तीव्र पारेको छ।
प्रहरीले राजधानीबाट विप्लवका ४ कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुन छन्।
उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो। खोजीमा रहेका लामासँग उनीहरूको कनेक्सन जोडिएपछि पक्राउ परेका हुन्। राजधानीको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ निवासी लामा पहिलो संविधानसभा चुनावमा हारेका थिए।
यसैबिच,चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।
सैनिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाइसकिएको छ ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार