सरकार आफैंले मिडियालाई नियन्त्रण गर्न खोज्नु गलत हो : कांग्रेस प्रवक्ता शर्मा
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार २१:४:१२
पाल्पा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको खण्डन गरेका छन् ।
सोमबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतान्त्रिक मुलुकमा पनि प्रेस काउन्सिल आफैले आचारसंहिता बनाउन सक्ने भन्दै सरकार आफैले मिडियालाई नियन्त्रण गर्न खोज्नु राम्रो नभएको बताए ।
मिडियाले पुर्याएको योगदानलाई स्वतन्त्र र निर्भिकताका साथ लेख्नका लागि हो, उनले भने पत्रकारको जीवन असुरक्षित बनाएर अघि बढ्न सकिदैन । मानवअधिकार आयोग, त्रिविको स्वायत्ततालाई नियन्त्रण गर्न खोज्नु राम्रो होइन उनले भने, कुनैपनि हालतमा नेपाललाई उत्तरकोरिया बनाउन दिदैँनौं ।
नेपाली कांग्रेसले शान्ति र संविधानलाई प्राथमिकता दिएकाले अहिले शान्ति र स्थिरता कायम भएको भन्दै यो भन्दा ठूलो सहयोग प्रतिपक्षबाट केही हुन नसक्ने उनको धारणा रहेको थियो ।
नेकपाको संसदमा दुई तिहाई भए पनि सरकारले संसदीय प्रकृया मिचेको छ । हामी संसदमा कमजोर भए पनि जिम्मेवार ढंगबाट प्रतिपक्षको भूमिका खेलेको छौँ, उनले भने। नेत्रविक्रम चन्द नेतृत्वका विप्लव समूहको विषयमा बोल्दै उनले भने, नेतृत्वको प्रचण्डलाई मार्नुपर्छ भनेको हो भने गलत हो । हत्या, हिंसा चन्दा, छाडेर शान्ति प्रक्रियामा आउनुपर्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार