भारतीय सैन्य विमान सम्पर्कविहीन

इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार ०:५७:१५

काठमाडौं । भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ ।
रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२ः२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ ।
“विमानले पछिल्लो पटक दिउसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेकोछ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विमानमा चालकदलका आठ सदस्य र पाँच यात्रु रहेको मन्त्रालयको विज्ञप्तिमा जानकारी गराइएको छ ।
सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्नेल पी खोङसाईले सम्पर्कविहीन विमानलाई पत्ता लगाउन सम्भावित सवै उपायको अवलम्वन गरी खोजी जारी रहेको बताए ।
विमान हराएको घण्टौँ वित्दासमेत विमान, चालक दलका सदस्य र यात्रुबारे कुनै सूचना नपाएपछि विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । विमान दुर्घटनाग्रस्त भएको हो वा अन्य कुनै समस्याका कारण सम्पर्कमा आउन नसकेको भन्नेबारे प्रष्ट जानकारी आइसकेको छैन । एजेन्सीकाे सहयाेगमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार