वल्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिताको आयोजना
इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार २:३१:०
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक अनुभव तथा व्यवसायिकताको ज्ञान दिन पहिलो पटक “नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९“ आयोजना गरेको छ ।
प्रतियोगितामा काठमांडौबाट ८ वटा कलेज तथा काठमांडौ बाहिरबाट १२ वटा कलेजहरुको सहभागिता रहने छ । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् । यस प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुने जानकारी वल्डलिंककले दिएको छ ।
३० दिनसम्म संचालन हुने यस प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनीतिहरु प्रतियोगिताको निर्णायक मण्डलसामु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरु लाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने भएको छ ।
यस प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप रु. दुई लाख ५० हजार दास्रो स्थान प्राप्त गर्नेे कलेजलाई रु एक लाख र तेस्रो स्थान हाँसिल गर्ने कलेजलाई ७५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित, भिजिबिलिटी कम
असोज ११, २०८१ शुक्रबार
आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग
असोज १०, २०८१ बिहिबार
नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सुरु
असोज १०, २०८१ बिहिबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार