ओली सरकारले दमन गर्न चौकी आक्रमणको हल्ला चलायो : प्रवक्ता प्रकाण्ड
इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार ५:३१:६
काठमाडौं । सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् ।
यता नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले प्रहरी चौकी आक्रमण गर्ने कुनै उदेश्य नभएको बताउदै सोमबार साँझ प्रेस विज्ञप्ति निकालेका छन् । तर यता केही मिडियाले भने प्रहरी चौकी आक्रमण गरेको दाबी सहित समाचार लेखेका छन् ।
घटना यस्तो हो
गएराति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको एक प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको हल्ला फैलियो । सशस्त्र आक्रमणको त्रासले प्रहरीले चौकी नै छाडेकोसमेत बताइएको छ । तर यो हल्लालाई प्रहरी र विप्लव दुवै पक्षले निराधार भएको भन्दै खण्डन गरेका छन् । यद्यपी उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । यो घटनाले सरकारलाई पनि झस्काएको छ ।
सरकारले गत फागुन २८ गते प्रतिबन्धको घोषणा गरेसंगै विप्लव समुहले आफ्नो गतिविधि पनि तीव्र पार्दे गएका छन । यसैको पछिल्लो उदाहरण आइतबार राती सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भएपछि त्यहांबाट प्रहरीहरु नै विस्तावित हुनुपरेको बताइएको थियो ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आईतवार राती बिप्लप समुहमा आवद्ध केही कार्यकर्ताले आक्रमणको प्रयास गरेको स्थानीयको दावी छ । प्रहरी नै भाग्नुपर्ने गरी विप्लवका कार्यकर्ताले आक्रमणको प्रयास गरेको भन्ने हल्लालाई नेपाल प्रहरीले भने निराधार भनेको छ ।
चौकी छाडेर प्रहरी भागेको भनिएको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत पठाइएको छ । तर तिनीहरुलाई घटना बिशेषको लागि खटाइएको नभएर नियमित सर्चमा पठाइएको प्रहरीले दाबी गरेको छ ।
घटनाका विषयमा सोमबार साँझ गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको थियो । बैठकपछि सुरक्षा निकायका प्रमुखहरुलाई विप्लव समुहको गतिविधिमाथि गंम्भिररुपमा नियाल्न गृहमन्त्री राम बहादुर थापाले निर्देशन दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी
कात्तिक २३, २०८१ शुक्रबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
पाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार
ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
कात्तिक २३, २०८१ शुक्रबार
संसदीय समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भए पाण्डेय र निरौला
कात्तिक २३, २०८१ शुक्रबार