नेकपाको सचिवालय बैठक आज बस्दै, दुई अध्यक्षबीच केही असमझदारी पैदा !
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १३:३४:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भन्दै अध्यक्ष पुष्पकमल दाहालले अभिव्यक्ति दिएपछि नेकपामा तरंग आएको थियो ।
नेकपामा एकताका बाँकी काम पूरा गर्ने विषयमा हिजो बैठक बोलाइएको थियो । गृहकार्य नपुगेको भन्दै बैठक आजका लागि सारिएको नेकपाले जनाएको छ ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत गएका बेला अध्यक्ष दाहालले प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको खुलासा गरेका हुन् ।
दुई अध्यक्षबीच केही असमझदारी रहेको विश्लेषण भइरहेका छन् । ओलीले यसलाई पार्टी एकता खलबल्याउने प्रयास भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। यो विषयमा आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच वार्ता भएको थियो ।
आइतबारको भेटवार्तामा दुवै अध्यक्षद्वयले एक अर्काका गुनासा सुनेका थिए । सो वार्तापछि दुवै अध्यक्षले आफू निकटका नेताहरुलाई ब्रिफिङ समेत गरेका छन् ।
प्रचण्डको अभिव्यक्तिपछि आफूलाई तनाव भएको ओलीले बताएका थिए, भने आफ्नो कुरालाई लिएर मिडियाहरुले आवश्यक उचालेको भन्दै प्रचण्डले थामथुम पार्न खोजे तर प्रचण्डको चित्त दुखाइमा ओलीको व्यवहार रहेको छ । अझै पनि ओलीले जनयुद्ध शब्द नस्वीकारेकोमा उनले आफूलाई चित्त दुखेको बताए ।
दाहालसँग एक्लै वार्ता गरेका प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि एक्लै छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
एजेन्डा टुंगोमा पुग्न नसकेकै कारण नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको नेकपा सचिवालयको बैठक बस्न सकेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार