गृहमन्त्रालयद्वारा २६ सिडिओको सरुवा [कसलाई-कहाँँ थाहा पाउनुस]
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १७:९:२४
काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी ‘प्रजिअ’, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको जानकारी दिए। सबैभन्दा बढी प्रजिअको सरुवा भएको छ । आज सार्वजनिक गरिएको सरुवा सूचीमा नुवाकोटका प्रजिअ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका प्रजिअ दीपकराज नेपाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
सर्लाहीका प्रजिअ द्रोण पोखरेललाई नुवाकोट र उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासीको सुस्तापूर्व तथा गृह मन्त्रालयका शम्भुप्रसाद मरासिनीलाई नवलपरासीको सुस्तापश्चिम पठाइएको मन्त्रालयले जनाएको छ ।
रुपन्देहीका उदयबहादुर रानामगरलाई काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ भने कपिलवस्तुका प्रजिअ अर्जुनप्रसाद पोखरेललाई रुपन्देही खटाइएको छ ।
यस्तै गोरखाका प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ कपिलवस्तु र नवलपरासी सुस्तापश्चिमका प्रजिअ देवेन्द्र लामिछाने गोरखा सरुवा भएको । सिरहाका रुद्रप्रसाद पण्डितलाई तनहुँ, नुवाकोटका प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहा, काभ्रेका प्रजिअ कृष्णबहादुर राउतलाई सर्लाही खटाइएको छ ।
यस्तै नुवाकोटका सहायक प्रजिअ गोपालकुमार अधिकारीलाई सिरहाको कामु प्रजिअमा सरुवा गरिएको छ । डोटीका सहायक प्रजिअ टेकनारायण पौडेललाई डोटीकै कामु प्रजिअमा पदस्थापन गरिएको छ ।
उदयपुरका प्रजिअ विष्णुकुमार कार्कीलाई नवलपरासी बर्दघाट सुस्तापूर्वको कामु प्रजिअमा, अध्यागमन विभागका निर्देशक जनार्दन गौतमलाई सिन्धुलीको कामु प्रजिअ, सुनसरीका सहायक प्रजिअ ध्रुवबहादुर खड्कालाई उदयपुरको कामु प्रजिअमा सरुवा गरिएको छ ।
नवलपरासी सुस्तापश्चिमका सहायक प्रजिअलाई रुकुमपश्चिमको प्रमुख जिल्ला अधिकारी, रुकुमपश्चिमका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई रुपन्देहीको सहायक प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ कल्पना घिमिरे नेपाललाई पर्वतको प्रजिअमा सरुवा गरिएको छ ।
यसैगरी पर्वतका प्रजिअ गुरुदत्त ढकाललाई कास्कीको सहायक प्रजिअ, रोल्पाका प्रजिअलाई गङ्गाबहादुर एमसीलाई दाङको सहायक प्रजिअ र सिन्धुलीका प्रजिअ ज्ञानप्रसाद ढकाललाई अध्यागमन विभागको निर्देशकमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूची:
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार