मुख्यमन्त्री पौडेललाई भेट्न प्रधानमन्त्री ओली अस्पतालमा
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १८:४५:४१
मकवानपुर । प्रदेश ३ नम्बर का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया भएको छ । उनको मुटुको शल्यक्रियापछि अहिले आईसीयूमा राखिएको प्रेस संयोजक प्रकाश दाहालले बताए ।
अप्रेशन गरेर अस्पतालमा रहेका मुख्यमन्त्रीलाई भेट्नका लागि आएका प्रधानमन्त्री ओलीले अप्रेशन सफल भएकाले आराम गर्नका लागि सुझाव दिएका छन् । उनको मुटुको सफल रुपमा एनजिओप्लाष्ट गरिएको छ ।
मुटुको नियमित परीक्षणका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको आइतबार एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।
अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डा.अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।
मंगलबार मुख्यमन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भेट गरेकाे मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए ।
अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीका सचिवालयले जानकारी दिएको छ । यद्यपि जेठ २४ र २५ गते हेटौडामा हुने प्रदेश समन्वय परिषदको बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने सचिवालयको भनाइ छ ।
मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सम्पन्न
मुख्यमन्त्री डोरमणि पौडेल गङ्गालाल अस्पतालमा भर्ना !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ३, २०८१ बिहिबार
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?
असोज २, २०८१ बुधबार