नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगियो, कार्यविभाजनबारे टुङ्गो लाग्ला त ?
इन्द्र रिजाल
जेठ २१, २०७६ बुधबार ०:३२:३२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे बुधबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले “कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ । छलफल सहमति नजिक पुगेको छ । बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।”
एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । प्रधानमन्त्री आलोपालो प्रणालीका आधारमा हुने भनी बाहिर चर्चामा आएको प्रसङ्सबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धमा बैठकमा कुनै ठोस निर्णय नभएको बताए ।
पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन । सचिवालयको बैठक बुधबार १२ बस्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार