राष्ट्र बैंकको पक्षमा सर्बोच्च अदालतको फैसला
इन्द्र रिजाल
जेठ २३, २०७६ बिहिबार २०:५३:२२
काठमाडौं । कर्मचारीलाई अवकाश दिने सम्बन्धमा नेपाल राष्ट्र बैंक आफैँले निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो ।
अहिलेको नियमावलीअनुसार, काम गरेको ३० बर्ष र उमेर ५८ बर्ष, जुन पहिला हुन्छ त्यसैको आधारमा अवकाश दिनुपर्ने ब्यवस्था रहेको छ । यसलाई संशोधन गरेर राष्ट्र बैंकले ५८ वर्ष उमेर पुगेपछि मात्रै अवकाश दिने नीति कायम गर्न खोजेको छ ।
राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति मागेको थियो । तर, आयोगले स्वीकृति नदिएका कारण संचालक समितिको निर्णय कार्यान्वयनमा आउन नसकेपछि राष्ट्र बैंकका केही कर्मचारीले अदालतमा मुद्धा दायर गरेका थिए ।
उक्त मुद्धाको पक्षमा फैसला सुनाउँदै अदालतले अवकाशसम्बन्धी निर्णय गर्ने जिम्मा पूर्ण रुपमा राष्ट्र बैंकलाई दिएको छ ।अब ३० वर्षे सेवा अवधिको आधारमा अवकाश पाउने नीति हटेर ५८ वर्ष उमेर पूरा भएपछि अवकाश पाउने एकोहोरो नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकलाई बाटो खुलेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार