सनराईज बैंकमा निरजको आगमनसँगै संचालक र शेयरधनीलाई कस्तो मिल्ला प्रतिफल
इन्द्र रिजाल
जेठ २४, २०७६ शुक्रबार १६:३४:२२
काठमाडौं । सनराईज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । तत्कालिन सीईओ रत्नराज बज्राचार्यले चार बर्षे कार्यकाल पुरा गरेर बाहिरिएपछि सनराईजको सीईओ को होला भन्ने अनुमान धेरै चर्चाको विषय बनेको थियो । सीईओ बन्ने लामो लिष्टमा पूर्वबैंकर तथा पूर्वसीईओहरुकाे नाम बाहिर आएको थियो । तर थोरैमात्र चर्चामा रहेका श्रेष्ठले बाजी मारेका छन् ।
बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको थियो । बज्राचार्यको बहिर्गमनपछि कामु प्रमुख कार्यकारीका रुपमा आशा राणा अधिकारीले बैंकको दैनिक कामहरुलाई अगाडि बढाउँदै आएकी थिइन् ।
सनराईजका नवनियुक्त सीईओ श्रेष्ठले केही समयअघि आफ्नो कार्यकाल पुरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजिनामा गरेर बाहिरिएका थिए। उनले एक बर्षअघि माछापुच्छ्रे बैंक छाडेका थिए । तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठसँग केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेको अनुभव छ । उनी २०७१ सालको भदौमा एनआईसी एशिया बैंकको महाप्रबन्धक छोडेर ग्लोबल आईएमई बैंकमा सरेका थिए ।
आफ्नो जीवनको सुरुवाती चरणको १३ बर्ष ग्रीनलेज बैंकमा काम गरेका श्रेष्ठले त्यसपछि तात्कालिन एस फाइनान्स (हाल नेपाल इनभेष्टमेन्ट बैंकमा विलय भएको एस डेभलपमेन्ट बैंक) को व्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तत्कालिन एनआईसी र अहिलेको एनआईसी एशियामा सेकेन्ड पोजिसनमा रहेर नौ बर्ष काम गरेको अनुभव पनि उनीसँग छ । ग्लोबल आईएमई जानु अघि उनी एनआईसी एशिया बैंकमा बिजेनेश बैंकिङ हेर्ने गरि महाप्रबन्धक थिए ।
संचालक र शेयरधनीलाई कस्तो मिल्छ प्रतिफल
नेपालको व्यवसायिक घराना दुगड ग्रुपको अधिक स्वामित्व रहेको सनराइज बैंक बेला बखत विवादित पनि बन्दै आएको छ । सोही कारण बैंकले सोचेअनुरुप लक्ष हाँसिल गर्न नसकेको शेयरधनीहरुको गुनासो छ । दुगड ग्रुपको एकल निर्णय चल्ने आरोप खेपेको सो बैंकका संचालक र शेयरधनीको आशंकाका बीचमा उभिन पुगेका छन्, सीईओ श्रेष्ठ। उनीमाथि दबाव सहन र संकटका बेलामा कुशलतापूवर्क कार्यसम्पादन गर्न नसक्ने आराेपहरू लाग्दै आएकाे छ । तर यी सबै कुराहरू गाैण राख्दै आगामी कार्यकाल सफल रहोस् । हाम्रो शुभकामना ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार