कम्पनीको लापरवाहीले चालीस वर्षसम्म सिँचाइ योजना अलपत्र !
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार २१:१०:२०
जाजरकोट । बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफै अन्न फलाउने सपना अधुरै छ ।
उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नु परेको छ । पञ्चायतकालमा निर्माणकार्य शुरु गरेको उक्त योजना हालसम्म पूरा हुनसकेको छैन । बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो ।
तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण शुरु भएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माणकार्य शुरु भएको थियो । नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताए ।
तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर, निर्माणकार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उनले जानकारी दिए । उनले भने, “बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाटलगायतका स्थानको २०० हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो ।”
योजनाको छ किलोमिटर लम्बाई कुलोमध्ये ६० प्रतिशत ट्याक खोल्नेकार्य पूरा भइसकेको छ । कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ । झण्डै ४० वर्षको अवधिमा उक्त योजनामा रु १२ करोड भन्दा बढी खर्च भइसकेको छ । समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नं ४ र ५ का बासिन्दाको खेतीयोग्य जमीन बाँझो छ । सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई वर्षेनी खाद्य अभाव हुने गरेको छ ।
सिँचाइ विकास डिभिजन कार्यालयले पनि नायकबाडा सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७३/७४ देखि हालसम्म रु एक करोड खर्च गरिसकेको भए पनि कामको उपलब्धि देखिएको छैन । डिभिजन कार्यालयले छ किलोमिटर लम्बाइको कुलो रु पाँच करोड ४८ लाख लागतमा निर्माण गरी १२० हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
उक्त कुलो निर्माणका लागि कार्यालयले रु दुई करोड ५९ लाख लागतमा बोलपत्र सम्झौता गरको समय दुई वर्ष बितिसकेको छ । कार्यालयले कुलो निर्माणका लागि काश्यप निर्माण सेवा एण्ड सप्लायर्ससँग सम्झौता गरेको थियो । कार्यालयले उक्त निर्माण सेवा एण्ड सप्लायर्सलाई रु ३० लाख पेश्की रकम दिइएको थियो ।
उक्त निर्माण कम्पनीले गत आर्थिक वर्षमा योजनाको बाधस्थलको कार्य मात्र गरेको छ । त्यस्तै योजनाको उपभोक्ता समितिले गत आर्थिक वर्षसम्म रु ४५ लाख बढी रकम भुक्तानी लिएको पाइएको छ । बजेट अभावमा उक्त योजनाको निर्माणकार्यले गति लिन नसकेको कार्यालयका निमित्त डिभिजन प्रमुख रामचन्द्र साहले बताए ।
चालु आर्थिक वर्षमा उक्त सिँचाइ योजनाका लागि रु चार करोड ८८ लाख बजेट माग गरेकामा रु आठ लाख मात्र निकासा आएको प्रमुख साहले जानकारी दिए । चालु आर्थिक वर्षको असारमा निर्माणकार्य सम्पन्न गर्नुपर्ने सिँचाइ योजनामा थप बजेट नआउँदा समस्या भएको उनले बताए । हालसम्म योजनाको १२ प्रतिशत मात्र प्रगति भएको उहाँले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार