चालक र यात्रुको लापरवाही सडक दुर्घट्नाको मुख्य कारण
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार १९:१८:३७
स्याङ्जा । स्याङ्जालाई सडक दुर्घट्ना न्युनिकरण अभियानमा सबैको सहयोग आवश्यक रहेको औंल्याइएको छ । चालक र यात्रुको लापरवाही सडक दुर्घट्नाको मुख्य कारण भएको औंल्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको आयोजना र प्रदेश ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा भएको ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम अन्तरक्रियामा बढ्दो सडक दुर्घट्नालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल चलाइएको थियोे ।
सिद्धार्थ राजमार्गको साघुँरो सडक र सडकका दायाँबाँया खोलिएका शाखा सडकको व्यवस्थापन हुन नसक्दा दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको भनाई छ । दिनानुदिन सवारी साधनको चाप बढ्नु र राजमार्ग साघुरो बन्दै जानु मात्रै नभएर ग्रामिण सडकले दुर्घट्नाको जोखिम बढाउने गरेको ट्राफिक प्रहरीको बुझाई छ । दुर्घट्ना निम्तनुमा सबैभन्दा बढी चालकको लापरवाही नै देखिन्छ, जिल्ला ट्राफिक प्रमुख रेशम रानाभाटले भने,“यात्रुको विवेकशिलता र सडकको मर्मत नहुनु पनि दुर्घट्नाका कारक हुन् ।” अधिकाशं ग्रामीण सडक खण्डका चालक तथा यात्रुले ट्राफिक नियम बिपरित यात्रु चढाउने र चढ्ने पनि समस्या रहेको रानाभाटले बताए ।
स्याङ्जालाई शुन्य दुर्घट्नामा झार्ने अभियान अनुसार दुई चरणमा सवारी चालक, सह—चालक, यात्रु, राजनीतिक दल, उद्योगी व्यवसायी, जनप्रतिनिधि र पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । पहिलो चरणको स्याङ्जा सदरमुकाममा र दोस्रो चरणको वालिङमा आयोजना गरिएको हो ।
प्रदेश सरकारले बढ्दो सवारी दुर्घटना निराकरण गर्न जनचेतनामुलक कार्यक्रम बिभिन्न जिल्लामा गर्दै आएको गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयका उपसचिब गोपीकृष्ण रेग्मीले जानकारी दिए । ट्राफिक नियमको पालना नगर्दा अत्याधिक दुर्घटना बढेको छ रेग्मीले भने , “ट्राफिक नियम ट्राफिकको लागि होईन सवारी चालक र यात्रुको लागि हो ।” दुर्घटना भएपछि पछुताउनु भन्दा पहिले नै यात्रु पनि सचेत हुन आवश्यक छ रेग्मीले भने ।
अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरी, प्रहरी निरिक्षक शंकर आचार्य, वालिङ उद्योग वाणिज्य संघका महासचिब केशर बहादुर खाँण(ध्रुव), पत्रकार महासंघ स्याङजाका उपाध्यक्ष अर्जुन काफ्ले लगायतले ट्राफिक नियम सबैले पालना गर्दै दुर्घटना हुनबाट जोगाउनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुलाई सचेतनामुलक बिभिन्न बृतचित्र प्रदर्शन गरिएको थियो । यस्तो कार्यक्रम बेला बेलामा ल्याउन सके चालकलाई नयाँ निती नियमको बारेमा जानकार हुन मद्धत पुग्ने सहभागीहरुले बताएका छन् ।
अधिकाशं सार्वजनिक सवारी साधनले गन्तब्यमा नपु¥याउने, सिट संख्या भन्दा बढी यात्रु राखेर सवारी हाँक्ने, बोलीमा मिठास नहुने जस्ता समस्या रहेको कार्यक्रममा सहभागीले गुनासो गरे । स्याङजा जिल्लामा जम्मा ५ वटा ट्राफिक पोष्टहरु छन् । यी ५ वटा पोष्टमा जम्मा १७ जना मात्र ट्राफिक प्रहरी छन् । सवारी साधन कुनै पोष्टमा पनि छैनन् ।
प्रहरीको संख्या थोरै त्यो पनि सवारी साधन नहुँदा सडक दुर्घटनामा समयमा पुग्न गाह्रो हुने गरेको ट्राफिक कार्यालय वालिङका प्रमुख तेज रावलको भनाई छ । थोरै सख्याको ट्राफिक प्रहरीले पनि दुर्घटना निराकरणमा उल्लेख्य कार्य गरेको बताउँदै पहिलेको तुलनामा यस बर्ष दुर्घटना घटेको रावलको भनाई छ ।
यस बर्षको तथ्याङ्ग अनुसार जिल्लाभित्र ११ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमध्ये ६ जना ज्यानको गएको छ । ८ जना गम्भीर घाईते र ४३ जना साधारण घाईते भएका छन् । जिल्लालाई थप दुर्घट्नाबाट जोगाउन ट्राफिक प्रहरीको दरबन्दी बढाउनु पर्ने माग गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाडी दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते
जेठ १७, २०८१ बिहिबार
अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ
जेठ १७, २०८१ बिहिबार
भीमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार
जेठ १८, २०८१ शुक्रबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
मोटरसाइकल चोरीमा संलग्न ४ जना काठमाडौंमा पक्राउ
जेठ १८, २०८१ शुक्रबार