अमेरिकाको सहयोगमा चीनमाथि साइबर आक्रमण हुने गरेको बेइजिङको दावी
इन्द्र रिजाल
जेठ २७, २०७६ मंगलबार १:१५:४२
एजेन्सी । चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम ‘सीएनसीईआरटी’ ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ ।
‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल सर्भर ‘सी एण्ड सी सर्भर’ अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा ९०.८ प्रतिशतले बढी हो ।
त्यसैगरी ३३ हजार २५ इन्टर्नेट प्रोटोकल ‘आइपी’ एड्रेसहरू अमेरिकाबाट सञ्चालित रहेको र यो सन् २०१७ को तुलनामा ४३ प्रतिशतले बढी हो । अमेरिकाले तीन हजार ६०७ चिनियाँ वेबसाइटमा अनावश्यक तथा अपकारी ‘ट्रोजन’ गतिविधिमार्फत समस्या उत्पन्न गराइने गरेको भेटिएको सीएनसीईआरटीले जनाएको छ ।
माथिका दुई श्रेणीमा आधारित रहेर हेर्दा चिनियाँ भू–भागमा कम्प्युटर तथा वेबसाइटमार्फत तथ्याङ्क चोरी हुने वा साइबर आक्रमण हुने समस्या सबैभन्दा बढी अमेरिकाबाट रहेको प्रतिवेदनमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार