छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार १३:४६:५६
विदुर । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ ।सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एक÷एक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गरे।
विद्यालयलाई हस्तान्तरण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको विद्यालयले जानकारी दिएको छ । सो मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुक्तरूपमा खरीद गरेका हुन् ।
मेसिन खरीद गरिएसँगै दुई विद्यालयका करीब ३५० छात्रा लाभान्वित हुने बताइएको छ । महीनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन मेसिन खरीद गरेको नेकपाका नेता श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, “सरकारले बजेटमार्फत नेपालभरिका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ यस्तो कार्यक्रमले विद्यालयका छात्रा लाभान्वित हुने विश्वास गरेको छु ।” यस्तै, श्रेष्ठले लिखु गाउँपालिका–२ स्थित लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० विद्यार्थीलाई ४० थान झोला तथा स्टेसनरी सामग्रीहरु वितरण गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
असोज ६, २०८१ आइतबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार