शेयरमा लगानी गर्नेले योग र साधना गर्दा फाइदा
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार २०:३७:१७
काठमाडौं । आजकल पूँजी बजारलाई योगसँग जोडेर हेर्न थालिएको छ । पैसा कमाउन स्वस्थ्य हुनुपर्छ भन्ने मानसिकतामा शेयर बजारलाई योगसँग जोडिएको पूँजी बजारका लगानीकर्ताले बताएका छन् । “बजारले केहीमा तनाव सिर्जना भएको र केहीको मृत्युसमेत भएकाले बजारमा छिर्नुअघि ‘मेडिटेशन’ र योगसँगको निकटता बढ्न थालेको छ”, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीले भने ।
सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीको सहकार्यमा सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीले बुटवलमा आयोजना गरेको शेयर तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रममा उनले योगाभ्यास गराउँदै बजारमा जानुअघि ‘मेडिटेशन’ले बजारको रणनीति र व्यवहारलाई नजीकबाट नियाल्न सकिने उल्लेख गरे । “हामी बजार बढ्दा उत्साहित देखिन्छौं तर बजार घट्दा निरुत्साहित हुन्छौँ”, उपप्राध्यापक सुवेदीले भने ।
योगाभ्यास र साधना मनसँग सम्बन्धित भएकाले स्वच्छता र स्थिरतासँग पनि सम्बन्धित भएकामा जोड दिँदै उनले जीवनलाई व्यवस्थित गर्ने ज्ञान सूत्रका रुपमा योगलाई लिन सकिने बताउनुभयो । शेयर बजारमा आउने निराशा हटाउन र बजारको प्रवृत्तिको गहिरो विश्लेषण गर्ने क्षमताको विकासमा समेत योग र ‘मेडिटेशन’ले सहयोग पु¥याउने बताइएको छ ।
योगले जीवनशैलीलाई व्यवस्थित बनाउनाले बजारमा दीर्घकालीन लगानीको सकारात्मक सोच निर्माण हुन्छ र त्यसले नाफा गर्ने अवसर निर्माण हुने विश्वास छ । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका प्रबन्ध निर्देशक माधव पाण्डेले प्रदेशमा धितोपत्र बोर्डको उपस्थिति नभएको र कार्यक्रम पनि केही नभएकाले देश सङ्घीयतामा गए पनि शेयर बजार सङ्घीयतामा जान नसकेको बताए ।
उनले लगानीकर्ता तनावमा हुने भएकाले योगाभ्यास र ‘मेडिटेशन’ सँगको विषय प्राथमिकतामा परेको उल्लेख गर्दै पाका लगानीकर्ताको अभाव पनि बजारमा देखिएको बताए । “बैंक प्रदेशस्तरमा व्यवस्थित हुन लागेका छन् तर धितोपत्र बोर्डको विषयमा जानकारी छैन”, उनले भने।
केही वर्षकै अवधिमा बुटवलमा पाँच ब्रोकर कार्यालय स्थापना भए पनि वित्तीय साक्षरता वा शेयर शिक्षासम्बन्धी कार्यक्रम आउन नसकेको बताइएको छ । बुटवलका लगानीकर्ता कृष्ण पौडेलले बजारको अध्ययन र विश्लेषण गर्ने क्षमताको विकास हन आवश्यक भएकामा जोड दिँदै शेयर शिक्षालाई योगसँग जोड्न आवश्यक भएको बताए ।
पूँजी बजारको ‘हब’का रुपमा विकास हुन लागेको प्रदेश नं ५ मा कूल नौ ब्रोकर (दलाल) कार्यालय छन् । तीमध्ये पाँच बुटवलमा, एक भैरहवा, एक दाङ र दुई नेपालगञ्जमा छन । बुटवलका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुँदैआएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज दोहोरो अङ्कले बढ्यो
जेठ २०, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार