डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार २२:३८:३४
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
एजेन्सी । ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ । डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।
भूमध्यसागर पार गरेर युरोप पुग्ने क्रममा यस वर्षको शुरुदेखि हालसम्म ३०० भन्दा बढी शरणार्थी र आप्रवासीहरु मारिएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन ‘आइओएम’ले जनाएको छ ।
ग्रिसले सन् २०१५ देखि हालसम्म ७० हजार सिरियाली शरणार्थीलाई शरण दिइसकेको र ती शरणार्थीहरु छिमेकमा पर्ने देश टर्की पार गर्दै त्यहाँ आइपुगेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार