चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ २८, २०७६ बुधबार १:२८:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/1541916733-1_S5rtADEa9d.jpeg)
एजेन्सी । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्र्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ ।
ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, ‘सन् २०१९को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०.२ प्रतिशतको वृद्धि हो ।’
राष्ट्रिय विदेशी मुद्रा आरक्षण ब्यूरोका प्रवक्ता एवं प्रमुख अर्थशास्त्री वाङ छुन यिङले भने, ‘विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्य परिवर्तन आदि कारणले विदेशी मुद्रा आरक्षित मात्रा अलि बढेको छ ।’ यस वर्ष चीनको समष्टिगत आर्थिक अवस्था स्थिर भएर राम्रो भएको वाङले बताए । चीनको विदेशी मुद्रा बजारमा आपूर्ति र माग आधारभूत रूपमा सन्तुलित भएको उनको दावी थियो ।
चीनमा पछिल्लो समय प्रमुख च्यानल ‘स्रोत’ को अन्तर्राष्ट्रिय पूँजी प्रवाहको अवस्था स्थिर कायम भएको र विदेशी मुद्रा सञ्चयको मात्रा सामान्य वृद्धि भएको ब्यूरोको दावी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार