रामग्राम स्तुपको प्रवद्र्धनमा जोड
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १३:४७:१
नवलपरासी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी प्रदेश नं ५ को सरकारले पश्चिम नवलपरासीमा रहेका विभिन्न धार्मिक ऐतिहासिक र पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिएको छ ।
सुन्दर प्रदेशको चिनारी रहेको प्रदेश नं ५ भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीकै परिचयबाट विश्वप्रसिद्ध छ । यसै प्रदेशअन्तर्गत पर्ने एक महत्वपूर्ण जिल्ला हो पश्चिम नवलपरासी । प्रदेश नं ५ को प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय दृटिकोणले सबैका लागि सबल गन्तव्य मानिन्छ ।
जिल्लामा भगवान् गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप, बुद्धको मावलीस्थल पण्डितपुर, बौद्धकालीन कोलवृक्ष, बुद्धकालीन ताल र बुद्धमङ्गल ताललगायतका स्थल रहेका छन् । सो स्थलमा पर्यटकलाई आकर्षण गर्ने गरी प्रचारप्रसार, एवं प्रवद्र्धनात्मक काम गर्ने योजना रहेको प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भैतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी बताउछन् ।
गौतमबुद्धको आठ स्थानमा राखिएका अस्तुधातुमध्ये रामग्राम स्तुप पनि एक हो । बगैँचा र माटोको ठूलो ढिस्कोमा रहेको रुखसँगै प्राकृतिक मनोरम वातावरणभित्र स्थापित यो स्तुप संसारभरि बस्ने बौद्धमार्गी एवं बुद्धप्रति आस्था र विश्वास राख्ने करोडाँै भक्तजनको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो ।
लुम्बिनी भ्रमण वर्षलाई सघाउ पु¥याउन रामग्राम नगरपालिकाले पनि ‘रामग्राम र पण्डितपुर जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी पर्यटक भित्र्याउने कार्ययोजना बनाएर काम अघि बढाएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउछन् ।
लुम्बिनीपछिको बौद्धसँगसम्बन्धित महत्वपूर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरलाई आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा लिन सकिन्छ । यस क्षेत्रलाई विकास गर्न सके नेपालले पर्यटकीय विकासमा फड्को मार्न सक्ने सङ्घीय सांसद देवेन्द्रराज कँडेलको भनाइ छ ।
पश्चिम नवलपरासी जिल्ला धार्मिक पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थलको रुपमा विश्वसामु परिचित छ । लुम्बिनी शहर रामग्राम र पण्डितपुरको विकासमा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी शम्भु उपाध्यायको माग छ । प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ अभियान चलाइरहँदा पश्चिम नवलपरासीमा रहेका महत्वपूर्ण पर्यटकीयस्थलको पनि विकास हुन जरुरी देखिन्छ ।
कामविहीन छोटी भन्सार कार्यालय
नवलपरासीमा रहेका सबै छोटी भन्सार कार्यालय कामविहीन बनेका छन् । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयको अन्तर्गत रहेका सबै छोटी भन्सार कार्यालयमा वर्षौदेखि राजश्व सङ्कलन गर्ने काम नहुने भएपछि कार्यालय कामविहीन बनेका हुन् ।
महेशपुर मुल भन्सारअन्तर्गत पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र बिष्णुपुरा छोटी यसैगरी पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालय छन् । सबै छोटी भन्सार प्रभावकारीविहीन बन्न बाध्य भएका छन् । सबै छोटी भन्सार कार्यालयमा कर्मचारीसमेत बस्ने गरेका छैनन् । राजश्व सङ्कलनको काम नहुने र दरबन्दीअनुसार कर्मचारी नहँुदा छोटी भन्सारमा कर्मचारी पठाउन समस्या भएको महेशपुर मुल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए ।
कुनै पनि छोटी भन्सार कार्यालयको राजश्व सङ्कलनको काम हँुदैन । केही छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपालको नजिकको बजार आउने सवारीसधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ भने भुजहवा र बिष्णुपुरा छोटी भन्सार कार्यालयमा सो कामसमेत बन्द छ ।
भन्सार विभागबाट ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलनको काम गर्ने गरी अनुमतिप्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार