विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीमा मेस्सी, बार्षिक १२७ मिलियन अमेरिकी डलर !
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १४:१४:६
एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीमा बार्सिलोनाका स्टार मेस्सी शीर्ष स्थानमा रहेका छन् ।
मेस्सीले युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाई गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सीको बार्षिक कमाई १२७ मिलियन अमेरिकी डलर रहेको छ ।
दोस्रो स्थानको रोनाल्डोको १०९ मिलियन अमेरिकी डलर रहेको छ । यस्तै पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ का फरवार्ड नेयमार १०९ मिलियन डलरका साथ तेस्रो स्थानमा रहेका छन् ।
मेक्सिकन बक्सर कानेलो अल्भारेज ९४ मिलियन डलरसहित चौंथो र स्विस टेनिस स्टार रोजर फेडेरर ९३.४ मिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
त्यस्तै अमेरिकन फुटबल लिगका रुसेल विल्सन ८९.५ मिलियन डलरसहित छैटौं, अमेरिकन फुटबल लिगकै आरोन रोड्जर्स ८९.३ मिलियन डलरसहित सातौं, बास्केटबलका लेब्रोन जेम्स ८९ मिलियन डलरसहित आठौं, बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५. ४ मिलियन डलर सहित दशौँ स्थानमा रहेका छन् ।
महिलातर्फ एक्लो अमेरिकी टेनिस स्टार सेरेना विलियम्स २९.२ मिलियनसहित शीर्ष १०० भित्र परेकी छिन् ।म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा ३३ मिलियन डलरसहित ४४ औं स्थानमा रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार