चक्रवाती आउनुअघि तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १६:३७:३९

एजेन्सी । भारतको गुजरातमा ‘चक्रवाती तूफान ‘वायु’ आउनुअघि जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान मौसमविदले गरेका छन् । भारतीय मौसम विभागले त्यहाँ भूक्षयको सम्भावना पनि रहने चेतावनी दिएको छ ।
अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।
सो क्षेत्रमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ। विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको छ।
भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज ‘बिहीबार’ नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
डोलेश्वर मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला
फागुन १४, २०८१ बुधबार
प्रोटिनको कमी पूरा गर्न यी शाकाहारी खानेकुरा खानुहोस्
फागुन १४, २०८१ बुधबार
बुधबार तोलामा ८ सयले घट्यो सुनको मूल्य
फागुन १४, २०८१ बुधबार
‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
त्रिशुललाई नेपाली सेनाको सलामी
फागुन १४, २०८१ बुधबार