भ्रष्टाचार विरुद्ध लड्न कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक !

इन्द्र रिजाल
जेठ ३०, २०७६ बिहिबार १९:३२:५१

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए । इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च ‘एएसीएफ’ को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राखेका हुन् ।
उनले भ्रष्टाचार विरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक औंल्याए । राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचार विरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको बताए।
राष्ट्रपति सिसीले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मतसर्वेक्षण पनि गरिएको जानकारी दिए। अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ ।
उनले भ्रष्टाचार विरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरुबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड दिए । “हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचार विरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार