नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १७:४३:३४
बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ ।
नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
त्यसरी गरेको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्र्याक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक रु २५ हजार र ट्र्याक्टरलाई प्रतिपटक रु १५ हजार जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
नगरपालिका प्रमुख टोकबहादुर वाइबाले वर्षायाममा निर्माणाधीन सडक बिग्रने भएको हुनाले नगर कार्यापालिकाको बैठकले सो निर्णय गरेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यका अनुसार नगरभित्र ठूला सडक १०÷१२ जति रहेको र साना शाखा सडक धेरै रहेकामा ती सडक पक्की तथा पक्की नबनाइसकेको हुनाले वर्षायाममा ठूला गाडी ‘टिपर र ट्र्याक्टर’ चलाउँदा बिगार्ने भएकाले सो निर्णय गरिएको बताए।
“नगरभित्र अहिले निर्माणाधीन सडक पनि रहेको र अरु सडकमा पनि ठूला टिपर र ट्र्याक्टर चलाउँदा सडक बिगारेर ठूला खाल्डा हुने र भत्काउने हुँदा यात्रुवाहक बस र अरु साना सवारीसाधन चलाउन गाह्रो हुने भएकाले त्यसलाई मध्यनजर गर्दै हामीले नगर कार्यापालिकाको बैठकले यस्तो निर्णग गरेका हौँ”, प्रवक्ता आचार्यले भने, “त्यसबाहेक सडक निर्माण र अन्य निर्माणका सामग्री ढुवानी गर्नुपरेमा वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार