पूर्व शिक्षामन्त्री पौडेलको निधनपछि संसद् बैठक स्थगित, सदस्यहरुद्धारा शोक प्रस्ताव पारित !
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १८:५९:१८
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय गरिएको बैठक स्थगित भएको छ । पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक स्थगित भएको हो ।
संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ ।पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो ।
सघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा ‘माओवादी’को तर्फबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित पूर्व शिक्षामन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवनको माडीमा निधन भएकोमा सभामुख कृष्णबहादुर महराले मौनधारण गरेका छन् ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा ‘माओवादी’ को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवन माडीमा असामयिक निधन भएको थियो ।
आजको बैठकका लागि निर्धारित विनियोजन विधेयक, २०७६ को जारी छलफलअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने सभामुख महराले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार