सुनको भाउ एक वर्षयताकै उच्च, तोलाको ६३ हजार रुपैयाँमा कारोबार
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १९:३८:५
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिए सँगै नेपालमा पनि सुनको भाउन पुनः बढ्न थालेको छ। शुक्रवार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ। जेठ महिनामा सबैभन्दा कम ८ गते प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
गत ८ गतेयता बजार मूल्य लगातार बढ्ने क्रममा तीन हजार ८ सय रुपैयाँले बढेको हो। नेपालमा सुनको बजार भाउ अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा तोकिन्छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्ष यताकै उच्च भएको छ।
अन्तर्राष्ट्रिय प्रति औन्स १३४७.८५ डलरमा कारोबार भैरहेको छ। तत्कालिन अवस्थामा प्रति औन्स ८ डलरले बढेको छ। अमेरिकामा बेरोजगार सुविधाको लागि आवदेन दिनेको संख्या बढ्दै गर्दा सुनको भाउ बढ्न थालेको विश्लेषण गरिएको छ।
यस अगाडि दुई लाख १८ हजारले बेरोजगार सुविधा लिदै आएकोमा यो संख्या बढेर दुई लाख २२ हजार पुगेको छ। चार हप्ताको अवधि औसतमा दैनिक २५ सय जनाले बेरोजगार सुविधाको लागि आवदेन दिँदै आएका छन्। यसको प्रभाव सुनको मूल्यमा पर्ने गरेको छ।
अमेरिका र चीनबीचको व्यापार युद्ध ‘ट्रेड वार’ समाधान नहुँदा पनि सुनको बजार मूल्य दिन दिनै बढ्दै आएको छ।
अमेरिका र चीन बीचमा आयातित सामानमा लाग्ने भन्सार शुल्कका विषयमा विवाद चुलिँदै गएको छ। यहि विवादले सुनको भाउमा विगत लामो समयदेखि प्रभावित पार्दै आएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार