चिनियाँ प्रिन्टिङ सेवा अफ्रिकामा विस्तार, ५० देशमा उत्पादन केन्द्र खाेल्ने तयारी !
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार २०:५४:९
एजेन्सी । चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ ।
सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ ।
सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो माग रहेको जानकारी दिए । उनले अफ्रिकाका ५० देशमा सञ्चालन तथा उत्पादन केन्द्रहरु पनि खोल्ने तयारी भइरहेको बताए ।
करिब ५०० जनालाई रोजगारी दिइरहेको सिन प्रिन्टिङले सन् २०१८ मा करिब दुई करोड २० लाख अमेरिकी डलरको कारोबार गरेको थियो ।
सिन्ह्वा काउन्टीको यो कम्पनी चीनमै प्रिन्टिङ सेवामा अग्रणी मानिन्छ । चीनमा करिब ६० हजार प्रिन्टिङ पसलहरु रहेको सिन प्रिन्टिङले चीनको कूल बजारको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार