कृषकलाई भिरकोटमा आधुनिक मौरी घार वितरण
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार २१:६:५१
स्याङ्गजा । भिरकोट नगरपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरी गोलासहितको आधुनिक घार वितरण गरेको छ । नगरपालिका–१, २, ३ र ४ का ४५ जना मौरीपालक किसानलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो ।
“पहिलो चरणमा पाँच वडाका ५० जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीम प्रदान गरेका थियौँ”, भिरकोट नगरप्रमुख छायाराम खनालले भने, “दोस्रो चरणअन्तर्गत ४५ जना मौरीपालक किसानलाई चार दिनको आधारभूत तालीमपश्चात् मौरीसहितको घार वितरण गरेका हौँ ।”
किसानहरु मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन उत्सुक हुनेभएकाले नगरपालिकाले तालीममा सहभागी सबैलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरी घार प्रदान गरेको हो । मौरी गोलासहित प्रतिघार सात हजार पाँच सय पर्ने घारलाई नगरपालिकाले प्रतिघार तीन हजार ७५० रुपैयाँमा किसानलाई उपलब्ध गराएको भिरकोट नगरपालिकाका उप(प्रमुख सिमा कर्माचार्यले बताइन ।
भिरकोट नगरपालिकाका अधिकांश भूभाग मौरीपालन व्यवसायका लागि उपयुक्त रहेको ठहर गर्दै यसले यहाँका किसानलाई मौरीपालन व्यवसायतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास नगरपालिकाको छ । मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाई महको उत्पादनमा वृद्धि गर्ने मुख्य उद्देश्यले नगरपालिकाले किसानलाई आधारभूत तालीम तथा मौरी घार वितरण गरिएको नगरप्रमुख खनालले बताएका छन् ।
नगरपालिकाले मौरी सहकारी दर्ता गर्नका लागि पहल गरिदिने र सोही सहकारीमार्फत तालीम तथा खरीद–बिक्रीको व्यवस्था मिलाउने प्रक्रियाको थालनी गरेको नगरप्रमुख खनालको भनाइ छ ।
नगरपालिकाले अहिलेसम्म ५० प्रतिशत अनुदानमा १६४ किसानलाई मौरी घार वितरण गरिसकेको जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार